आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट: बंगलादेशको विजयी सुरुवात

Thankot Times

थानकोट ।

बंगलादेशले आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा विजयी सुरुवात गरेको छ ।

आइतबार मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा बंगलादेशले अमेरिकाविरुद्ध २२ रनको जित निकाल्यो ।

बंगलादेशले प्रस्तुत गरेको १६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेटको गुमाउँदै १३७ रन बनायो ।

अमेरिकाका लागि चेतना रेड्डी पग्ड्याला ३६, ऋतुु सिंहले ३३, माही माधवनले १२ र तरनुम चोपडाले १० रन बनाए । बंगलादेशका लागि नादिया अख्तरले ४, ऋतु मोनीले ३ र राबेया खातुनले २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५९ रनको योगफल तयार पारेको थियो ।

बंगलादेशका लागि शर्मिन अख्तरले ३९ बलमा आठ चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरिन् । त्यसैगरी शोभना मोस्टारीले ३२, जुइरिया फिरदौस र दिलारा अख्तरले १७–१७ तथा शोर्ना अख्तरले १६ रन बनाए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *