प्रतिनिधि सभा सदस्य निर्वाचनः यी हुन् समानुपातिक उम्मेदवार (सूचीसहित)

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलबाट पेस भएका समानुपातिक तर्फका ३२ सय १३ उमेदवारको बन्दसूची सार्वजनिक गरेको छ ।

आइतबार (माघ ४) वेबसाइटमार्फत ६३ राजनीतिक दलबाट पेस भएका उमेदवारको बन्दसूची सार्वजनिक गरेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ बमोजिम आज बन्दसूची सार्वजनिक गरिएको हो ।

बन्दसूचीमा नाम समावेश भएका कुनै उमेदवारको योग्यताको सम्बन्धमा दाबीविरोध गर्न चाहने कुनै मतदाताले यही माघ ५ देखि माघ १० गतेसम्म बिहान १० देखि दिउँसो ४ बजेभित्र आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दाबी विरोध गर्न आयोगले आग्रह गरेको छ । दाबी विरोधका लागि निर्देशिकाबमोजिम निर्धारित ढाँचामा उजुरी गर्न सकिने आयोगले जनाएको छ ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ