प्रतिनिधि सभा सदस्य निर्वाचनः बालेनलाई रास्वपाले दियो झापा-५ को टिकट
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई आसन्न आमनिर्वाचनका निम्ति उमेदवारको टिकट दिएको छ ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका निम्ति उनलाई झापा क्षेत्र नम्बर–५ बाट टिकट दिइएको हो ।
उनलाई पार्टी सभापति रवि लामिछानेले सोमबार (माघ ५) जनकपुरमा आयोजित सभामा उमेदवारको टिकट हस्तान्तरण गरे ।
योसँगै झापा–५ मा बालेनले नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत उमेदवारसँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।














