राइजिङ स्टार्स महिला एसिया कप फ्रेबुअरी १३ देखि, नेपालसहित ८ टोलीको सहभागिता

Thankot Times

थानकोट ।

राइजिङ स्टार्स महिला एसिया कप आगामी फ्रेबअरी १३ मा सुरु हुने भएको छ।  

सोमबार एसियन क्रिकेट काउन्सिल (एसीसी)ले सो प्रतियोगिता फ्रेबअरी १३ देखि २२ सम्म हुने जानकारी दिएको छ। प्रतियोगिता थाइल्यान्डको बैंककमा आयोजना हुनेछ।  

उक्त प्रतियोगितामा कूल ८ टोलीले सहभागिता जनाउने छन्। जहाँ भारत ‘ए’ टोली, पाकिस्तान ‘ए’ टोली, बंगालदेश ‘ए’ टोली र श्रींलका ‘ए’ टोली रहेका छन्। त्यस्तै, प्रतियोगितामा नेपाल, संयुक्त अरब इमिरेटस (यूएई) मलेसिया र थाइल्यान्ड रहेका छन्।  

प्रतियोगिताको पहिलो दिन २ खेल हुनेछ जहाँ नेपालले पाकिस्तान’ए’ र भारत’ए’ले मलेसियाको सामना गर्ने छ। प्रतियोगिता टी-२० फम्यार्टमा आयोजना हुनेछ।  

यस्तो छ खेल तालिका:


Leave a Reply

Your email address will not be published. Required fields are marked *