नेपाली बजारमा सुनको भाउमा उछाल, १ तोला सुनको मूल्य ३ लाख रुपैयाँनजिक

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्यमा बुधबार (माघ ७)मा तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ ।

यससँगै एक तोला सुनको मूल्य दुई लाख ९५ हजार १ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७ सय रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्यमा तोलामा ४० रुपैयाँ बढेर पाँच हजार ९ सय २० रुपैयाँ पुगेको छ ।

मंगलबार चाँदीको मूल्य पाँच हजार ८ सय ८० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ