साफ पुरुष फुटसल च्याम्पियनशिप: नेपाल र पाकिस्तानबीच ४–४ गोलको बराबरी

Thankot Times

थानकोट ।

साफ फुटसल च्याम्पियनशिपको पुरुषतर्फ नेपालले आफ्नो तेस्रो खेलमा पाकिस्तानसँग बराबरी खेलेको छ ।

थाइल्यान्डको बैंककमा रहेको नोन्थाबुरी रङ्गशालामा मंगलबार भएको खेलमा दुवै टोलीले ४–४ गोल गरे । योसँगै दुवै टोलीले १–१ अङ्क बाँडेका छन् ।

नेपालले पहिलो खेलमा श्रीलङ्कालाई २–१ गोलले हराउँदा दोस्रो खेलमा भारतसँग ३–३ गोलको बराबरी खेलेको थियो ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक साफ फुटसल च्याम्पियनशिप आयोजना गरेको हो ।

प्रतियोगितामा दक्षिण एशियाका सात वटै देश (नेपाल, भारत, माल्दिभ्स, बङ्गलादेश, भुटान, श्रीलङका र आयोजक थाइल्यान्ड) बाट पुरुष र महिला टोली सहभागी छन् ।

लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *