साफ महिला फुटसल च्याम्पियनसिपः नेपालको दोश्रो जित, उपाधि सम्भावना समाप्त

Thankot Times

थानकोट ।

नेपालले साफ महिला फुटसल च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध ५–१ को फराकिलो जित निकालेको छ ।

यो जितसँगै नेपाल प्रतियोगिताको तेस्रो स्थानमा उक्लिएको छ । नेपालले पाँच खेलमा दुई जित, एक बराबरी र दुई हारसँगै सात अंक बनाएको छ ।

बुधबार (माघ ७) नेपाललाई च्याम्पियनसिपअन्तर्गत थाइल्यान्डको नोन्थाबुरी रंगशालामा सम्पन्न खेलमा जित दिलाउन मनिषा थापामगरले दुई गोल गरिन् । टोलीका कप्तान दीपा राई, जेनिफर राना र रोशनी बोहरा क्षेत्रीले समान एक गोल गरिन् । जवाफमा पाकिस्तानकी उझ्वा चौधरीले एक गोल फर्काइन् ।

जितका बाबजुद पनि नेपाल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ ।

पराजित पाकिस्तान भने समान सात अंक बनाए पनि गोल अन्तरको आधारमा चौथो स्थानमा झरेको छ ।

तस्बिर स्रोतः साफ च्याम्पियनसिप


Leave a Reply

Your email address will not be published. Required fields are marked *