साफ पुरुष फुटसल च्याम्पियनसिपः नेपालको दोश्रो हार, माल्दिभ्स २-१ ले विजयी

Thankot Times

थानकोट ।

जारी साफ फुटसल च्याम्पियनसिपको उपाधि होडबाट नेपाल बाहिरिएको छ ।

माल्दिभ्ससँग २-१ ले हारेपछि नेपालको उपाधि जित्ने सम्भावना सकिएको हो ।

बिहीबार थाइल्यान्डको बैंककस्थित नोन्थाबुरी रंगशालामा माल्दिभ्सलाई  जित दिलाउन कप्तान महोम्मद इम्रान र अब्दुल्लाह शाफियुले समान एक गोल गरे ।

नेपालका विक्रान्तनरसिंह रानाले गोल गरे पनि टोलीको हार टार्न सकेनन् । खेलमा तीनै गोल दोस्रो हाफमा भएको थियो ।

जितसँगै प्रतियोगितामा अपराजित माल्दिभ्सले १२ अंक जोडेको छ ।

माल्दिभ्सले चार खेल खेल्दा शतप्रतिशत जित हासिल गर्दै यो नतिजा आत्मसात् गरेको हो ।

पराजित नेपाल भने दुई खेल बाँकी रहँदा पाँच अंकमा सीमित छ ।

नेपालले चार खेल खेल्दा समान एक जित र हार र दुई बराबरी गरेको छ ।

तस्बिरः साफ च्याम्पियनसिप


Leave a Reply

Your email address will not be published. Required fields are marked *