नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी, आज कति छ सुनको भाउ ?
थानकोट ।
नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार (माघ ११) छापावाल सुन तोलामा २ हजार ४ सय बढेको हो ।
आजको मूल्यअनुसार एक तोला सुन किन्न उपभोक्ताले तीन लाख तीन हजार ८ सय रुपैयाँ खर्चिनुपर्नेछ ।
अघिल्लो कारोबार दिन गत शुक्रबार (माघ ९) सुनको भाउ प्रतितोला तीन लाख एक हजार ४ सय रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्य पनि तोलामा २ सय ९० बढेको छ ।
यससँगै चाँदीको मूल्य नेपाली बजारमा प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँ पुगेको हो ।















