थानकोट रुटमा गुड्ने फोर्स गाडीले ४० जना विद्यार्थी सवार बसलाई चेकपोस्टमा ठक्कर दियो
थानकोट ।
थानकोटबाट रत्नपार्कतर्फ गइरहेको फोर्स गाडीले दाउरा डिपो खानेपानी चोकमा एउटा स्कुल बसलाई ठक्कर दिएपछि दुर्घटना भएको छ।
बुधबार अपरान्ह ४ बजे तिव्र गतिमा रहेको बा २ ख ७११२ नम्बरकाे थानकोट रुटमा गुड्ने फोर्स गाडीले समान रुटमा गुड्ने अर्को फोर्स गाडीलाई उछिन्ने क्रममा सतुङ्गलबाट थानकोटतर्फ आउँदै गरेको स्कुल बसलाई ठक्कर दिएको हो ।
ठक्करबाट करिब ४० जना विद्यार्थी सवार पथिक ज्ञान निकेतनकाे प्र.३ ०१ ००३ क ४७३८ नम्बरको बसको केही सिसा फुटेका छन् । एक जना विद्यार्थी सामान्य घाइते भएका छन् ।
ठक्कर दिने फोर्सको अघिल्लो भाग क्षतिग्रस्त बनेको छ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ।
















