थानकोट चेकपोष्टबाट २२ वर्षीय युवा पक्राउ
थानकोट ।
चन्द्रागिरि नगरपालिका-७ थानकोट चेकपोष्टबाट एक जना युवा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम, नियन्त्रित लागूऔषध डाईजेपाम ५२ एम्पुल, बुप्रेनोर्फिन २३ एम्पुल, फेनारगन २३ एम्पुल र नगद २५ हजार ४ सय ६५ रूपैयाँसहित २२ वर्षीय राजु राई समातिएका हुन् ।
प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई मंगलबार उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
















