आज सतुङ्गलमा महिलाहरूमा हुने क्यान्सरको स्क्रिनिङ शिविर सञ्चालन हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नंं ११ सतुङ्गल, इनर व्हील क्लब अफ चन्द्रागिरि र भक्तपुर क्यान्सर अस्पतालको संयुक्त तत्वावधानमा आज शुक्रबार (माघ १६) सतुङ्गलमा क्यान्सर स्क्रिनिङ्ग शिवर सञ्चालन हुँदैछ ।

बिहान ९ बजेबाट सुरु हुने शिविर चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलस्थित वडा कार्यालय हातामा सञ्चालन हुने बताइएको छ ।

शिविरका क्रममा पाठेघर जाँच, स्तन परीक्षण हुने भक्तपुर क्यान्सर अस्पतालले जनाएको छ ।

शिविर दिउँसो २ बजेसम्म जारी रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *