सुनको भाउमा आज पनि पहिरो, एक तोला सुनको मूल्य २ लाख ८६ हजार ६ सय
थानकोट ।
केही दिनयता सुनचाँदीको मूल्य निरन्तर ओरालो लागिरहेको छ ।
प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँको उच्च बिन्दुमा पुगेको सुनको मूल्य केही दिनमै घटेर २ लाख ८६ हजार ६०० रुपैयाँमा झरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १३ हजार ४०० रुपैयाँले घट्दै २ लाख ८६ जहार ६०० रुपैयाँमा झरेको हो ।
यसैगरी चाँदीको मूल्य पनि आज थप ३०० रुपैयाँले घट्दै प्रतितोला ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ५६५ रुपैयाँले घट्दै ५ हजार ५०० रुपैयाँमा झरेको थियो ।















