निगमले भन्यो- एलपी ग्यासको अभाव छैन, अनावश्यक भण्डारण नगर्नू

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले एलपी ग्यासको अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको छ ।

निगमले सोमबार (माघ २६) विज्ञप्ति जारी गर्दै एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित भइरहेको हुँदा आम उपभोक्तालाई तत्काल आवश्यक मात्रामा ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको हो ।

“एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित भइरहेको हुँदा आम उपभोक्तालाई तत्काल आवश्यक मात्रामा ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्न हार्दिक अनुरोध गर्दछ,” निगमले विज्ञप्ति जारी गर्दै भनेको छ ।

निगमले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै ग्यासको बढीभन्दा बढी आयात गर्न फेब्रुअरी महिनाको ‘एलोकेसन’मा दुई हजार मेट्रिकटन थप गरेको जनाएको छ । सोहीअनुसार दैनिक औसत ११० बुलेट नियमित रूपमा आयात भइरहेको छ ।

निगमका अनुसार, काठमाडौं उपत्यकामा करिब २३ वटा ग्यास उद्योग छन् । “त्यसमध्ये केही ग्यास उद्योगको पछिल्लो बिक्री वितरणलाई हेर्दा दैनिक करिब ४० हजार सिलिन्डर बजारमा उपलध गराइराखेको व्यहोरा आमसर्वसाधारणमा अनुरोध छ,” निगमले भनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *