नागढुङ्गा नाकाबाट समातिए २९ वर्षीय युवा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४५ ट्याब्लेट र नाईट्राभेट २३ ट्याब्लेट सहित कपिलवस्तु मायादेवी गाउँपालिका-६ बस्ने २९ वर्षीय अब्दुल वफा मुसलमानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ७०१७ नम्बरको बसलाई जाँच गर्दा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, ललितपुर महानगरपालिका-२६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ११ ग्राम १ सय २० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार ५३ ट्याब्लेट, नाईट्राभेट १ सय २१ ट्याब्लेट र डिजिटल तराजु २ थान सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२६ बस्ने उदयपुर चौदण्डीगढी नगरपालिका-६ घर भएका २५ वर्षीय घनश्याम विक र काठमाडौं चन्द्रागिरी नगरपालिका-९ बस्ने रौतहट राजदेवी नगरपालिका-६ घर भएका ४८ वर्षीय मोहम्द तनविर मिक्रानी रहेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोवाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *