नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले आज आइतबार (फागुन ३)का निम्ति तय गरेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको छ ।

केही प्राविधिक समस्याका कारण उक्त प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

“केही प्राविधिक कारणहरू छन्, जसको कारण भोलि (आइतबार)को कार्यक्रम स्थगित भएको छ,” चालिसेले भने, “तत्काल सार्वजनिक गर्ने गरी हामी जानकारी गराउनेछौँ ।”

कांग्रेसले फागुन ६ गते जनकपुरमा चुनावी सभा आयोजना गर्दै छ ।

पहिलो चुनावी सभामा जानुअघि घोषणापत्र सार्वजनिक गरिसक्ने तयारी रहेको कांग्रेसले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *