पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य पुनः समायोजन गरेको छ ।

निगमका अनुसार नयाँ दर सोमबार (फागुन ४) बिहानदेखि लागू गरिएको हो ।

समायोजित दरअनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजार मूल्य तथा आयात लागतका आधारमा समय-समयमा मूल्य पुनरावलोकन गर्ने प्रचलन अनुसार हालको समायोजन गरिएको निगमको भनाइ छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *