मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परे
थानकोट ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।
उनलाई सोमबार (फागुन ४) साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको हाे ।
निर्वाचन आयोगको पत्रका आधारमा प्रसाईंलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
यसअघि नेपाल प्रहरीको साइबर ब्युरोले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा गत माघ १९ गते प्रसाईंलाई पक्राउ गरेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशन अनुरुप माघ २५ मा हाजिरी जमानीमा छुटेका थिए ।
फाइल फोटो

















