आज र भोलि सार्वजनिक बिदा, राहदानी विभाग भने खुला रहने

Thankot Times

थानकोट ।

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले आफ्नो सेवालाई निरन्तरता दिने भएको छ ।

विभागले सार्वजनिक सूचना निकालेर आज र भोलि सार्वजनिक बिदा भए पनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको हो ।

आज ग्याल्पो ल्होसार र भोलि प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

दुई दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहने सूचनामा उल्लेख छ । विभागले आज राहदानी वितरण सेवा प्रदान गर्ने जनाएको छ ।

यस्तै भोलि राहदानीका लागि आवेदन फारम सङ्कलन हुनेछ । अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहने विभागले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *