गृह मन्त्रालयद्वारा धादिङ बस दुर्घटनाका लागि छानबिन समिति गठन, मृतक संख्या १९ पुग्यो

Thankot Times

थानकोट ।

बेनीघाट रोराङ गाउँपालिका-५ भैंसीगौडामा भएको बस दुर्घटनाबारे गृह मन्त्रालयले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार सरोकारवाला निकायसँग छलफल गरी आजै समिति गठन गरिनेछ।

उता, दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ। पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस सोमबार बिहान पृथ्वी राजमार्गबाट करिब २०० मिटर तल त्रिशूली नदी किनारमा खस्दा दुर्घटना भएको थियो।

बसमा चालकसहित ४४ जना सवार थिए जसमा मृत्यु भएका मध्ये ९ जनाको सनाखत भएको छ। जानकारी अनुसार १० जनाको पहिचान खुल्न बाँकी छ। सनाखत हुन बाँकी रहेका १० जना मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला रहेका छन्।

दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये अधिकांशको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागी ल्याइएको छ ।

सनाखत भएका मृतकहरू :   

२४ वर्षीय बेलायती नागरिक स्टेवार्ट डोमिनिक इथान

कास्की, पोखरा महानगरपालिका–३० का करिब ४० वर्षीय विवेक बास्तोला

स्याङ्जा वालिङ घर भई हाल नागार्जुन, काठमाडौं बस्ने ६३ वर्षीय चन्द्रबहादुर कुँवर 

तनहुँ, व्यास नगरपालिका–४ का ४० वर्षीय ओम कुमार मल्ल

धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका–४ का ३० वर्षीय इन्जिनियर ठकुरी  

तनहुँ, शुक्लागण्डकी नगरपालिका–७ की ५५ वर्षीया विष्णुमाया ढकाल

काठमाडौं, बौद्ध टुसालका ४२ वर्षीय लोपसाङ गोले

तनहुँ, भिमाद नगरपालिका–६ का ४५ वर्षीय हरिप्रसाद सिग्देल

पाल्पा, तानसेन नगरपालिका–२ का ५५ वर्षीय नविन श्रेष्ठ  

सनाखत हुन बाँकी रहेका १० जनामध्ये ७ पुरुष र ३ महिला रहेका छन्। दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये अधिकांशलाई काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएको छ।

तस्बिरः विनोद श्रेष्ठ


Leave a Reply

Your email address will not be published. Required fields are marked *