चितवन क्षेत्र नं. २ मा रवि लामिछानेको ह्याट्रिक जित, ३९ हजार मन्तान्तर
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
उनी ५४ हजार ४०२ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी मीना खरेल १४ हजार ५६४ मत ल्याइन् ।
उनीहरूबीचको अन्तर ३९ हजार ८३८ देखिएको छ ।
चितवन क्षेत्र नम्बर २ बाट लामिछाने तेस्रोपटक विजयी भएका हुन् । यो क्षेत्रमा रवि लामिछाने २०७९ र २०८० को उपनिर्वाचनमा पनि विजयी बनेका थिए ।















