काठमाडाैं-१० मा समानुपातिक मतगणना जारी, दक्षिणकाली नगरमा घण्टीलाई ७७३७ मत
थानकोट ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना अन्तर्गत प्रत्यक्षतर्फको मनगणना भएका क्षेत्रमा अहिले समानुपातिक मत गणना भइरहेको छ ।
प्राप्त विवरण अनुसार अहिले काठमाडाैं क्षेत्र नं. १० मा समानुपातिक मत गणना जारी छ ।
हालसम्म दक्षिणकाली नगरपालिका क्षेत्रको मत गणना सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसअनुसार दक्षिणकाली नगरमा समानुपातिकतर्फ १३४१४ मत खसेको छ ।
जसमा ४४३ मत बदर भएको छ । रास्वपाले समानुपातिक तर्फपनि दक्षिणकालीमा स्पष्ट अग्रता लिएको छ । यहाँ रास्वपाको घण्टी चिन्हमा ७७३७ मत परेको छ ।
प्रत्यक्षतर्फ दक्षिणकाली नगरमा रास्वपाले ७२६७ मत पाएको थियो ।
दोश्रो स्थानमा रहेको नेपाली काँग्रेसले १५९० मत पाएको छ । नेकपा एमालेको सूर्य चिन्हमा ९८६ मत परेको छ ।















