रक्त क्यान्सरबाट ग्रसित गुर्जुधाराकी ललिताद्वारा सहयोगका लागि अपील
थानकोट ।
वैदेशिक अध्ययनको क्रममा अस्ट्रेलियाको सिड्नीमा रहेकी चन्द्रागिरि नगरपालिका- ५, गुर्जुधारा निवासी ललिता पौडेल (कृतिषा) ले आफु गम्भीर स्वास्थ्य समस्याबाट ग्रसित भएपछि उपचारका लागि सहयोग गरिदिन अनुरोध गरेकी छन् ।
रक्त क्यान्सर (ल्यूकेमिया)) बाट पिडित पाैडेल अहिले स्थानीय वेस्टमेड अस्पतालमा उपचारत रहेको उनका अभिभावकले जनाएका छन् ।
अकस्मात दुर्लभ रोगको शिकार हुन पुगेकी पौडेल हाल आफन्त, साथीभाईहरुको सहयोगमा उपचारको खर्च जोहो गरिरहेकी छन् ।
अस्पतालले भने बमोजिम उनमा बोन म्यारो प्रत्यारोपणको कार्य यथासक्य गर्नुपर्नेछ । जसका लागि ठूलो धनराशि खर्च हुने भएपछि उनले जीवन रक्षाका लागि स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरूसँग सहयोगको अपील गरेकी हुन् ।
नेपालबाट सहयोग गर्न चाहनेहरूले तल उल्लेखित बैंक खातामार्फत सहयोग गर्न सक्ने पाैडेलका परिवारजनले जनाएका छन् ।
साथै, गो फन्डमी अभियानबाट समेत सहयोग गर्न सकिने बताइएको छ।
बैंक विवरण A/C Name : LALITA PAUDEL
A/C number : 2075750924977001
Bank name: NIC ASIA BANK















