नागढुङ्गाबाट सबिना पक्राउ
थानकोट ।
नागढुङ्गा नाकाबाट एक जना महिला पक्राउ परेकी छन् ।
जिल्ला प्रहरी परिसर काठमाडाैंका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार बुधबार बिहान ७ः३० बजे राजविराजबाट काठमाडाैंतर्फ आउँदै गरेको बा.प्र.००१-००६ ख ७४२० नम्बरको यात्रुबसलाई नागढुङ्गा नाकामा चेक जाँच गर्दा सो बसमा सवार धनकुटाकी ३० वर्षीया सबिना अधिकारी पक्राउ परेकी हुन् ।
उनले लुकाई छिपाई गरि ८८ ग्राम लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ल्याएको प्रहरीको भनाइ छ ।
उनीमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडाैंले जनाएको छ ।















