‘एमाले सक्किएको त छैन, नसच्याए अर्कोपल्ट सकिन्छ’-गोकुल बाँस्कोटा

Thankot Times

थानकोट ।

नेकपा एमालेका नेता गाेकुल बाँस्कोटाले विचार र व्यवहार नसुध्रिए अर्को चुनावसम्म पार्टी सकिने बताएका छन् । बिहीबार बिहानै सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले भनेका छन्, ‘सक्किएको त छैन, नसच्याए अर्कोपल्ट सकिन्छ ।’

उनले पाँच वर्षअघि नै आफूले नेकपाको क्लाईमेक्स र कोल्याप्सको समय आएको बताएको बाँस्कोटाले स्मरण गराएका छन् ।

उनले लेखेका छन्, ‘पाँच वर्षअघि मैले भनेको थिएँ- यो नेकपाको क्लाईमेक्स र कोल्याप्सको समय हो । वाम पार्टी मिलेका थिए र जनतामा अभूतपूर्व उत्साह थियो । तर विचार,सगंठन र व्यवहार दुई मितको अधिनस्थ थिए र एकताको आधार कमजोर । सोभियत संघबाट सिकिएन र चिनियाँ नक्कल सुपरफ्लप भयो । सक्किएको त छैन, नसच्याए अर्कोपल्ट सकिन्छ ।’

कुनै समय एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने बाँस्कोटा पछिल्लो समय आलोचक बनेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ