समानुपातिक सिट बाँडफाँट : रास्वपाले ५७ सिट पाउँदा अन्य दलले कति सिट पाए ?
थानकोट ।
समानुपातिकतर्फ दलहरूले पाउने सिटको टुंगो लागेको छ । निर्वाचन आयोगले बिहीबार (फागुन २८) समानुपातिक मतका आधारमा सिटको टुंगो लगाएको हो ।
जसअनुसार ६ दलले समानुपातिक सिट पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७ सिट पाएको छ । दोस्रो बनेको कांग्रेसले २० सिट प्राप्त गरेको छ ।
एमालेले १६ सिट पाएको हो ।
श्रम संस्कृति र राप्रपाले समान चार/चार सिट पाए । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भइसकेको छ ।
















