भोलि शनिबार फर्पिङमा धन्यवाद ज्ञापन सभा आयोजना गर्दै रास्वपा
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि शनिबार दक्षिणकाली नगरमा धन्यवाद ज्ञापन सभा आयोजना गर्ने भएको छ ।
सो पार्टीको दक्षिणकाली नगर समितिको आयोजनामा हुने उक्त कार्यक्रममा काठमाडाैं क्षेत्र नं. १० का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य एवं रास्वपा काठमाडाैं जिल्ला सभापति प्रदिप विष्टसमेत उपस्थित हुने बताइएको छ ।
दक्षिणकाली नगरपालिका फर्पिङस्थित झम्केश्वरी डबलीमा सो कार्यक्रम बिहान ८ बजेबाट सुरु हुने बताइएको छ ।
फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्यमा विष्ट भारी मतान्तरसहित विजयी भएका थिए ।
















