कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि
थानकोट ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ ।
बैठक दिउँसो १ बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।
पार्टीका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ ।
बैठकमा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा निर्वाचन आयोगमा पठाइने प्रतिनिधिसभा सदस्य छनोटसम्बन्धी प्रस्तावमाथि छलफल तथा निर्णय हुने जनाइएको छ ।
पार्टीले प्राप्त गरेको समानुपातिक सिटअनुसार प्रतिनिधि सभा सदस्यको नाम टुंग्याएर आयोगमा सिफारिस गर्ने तयारीका लागि बैठक बोलाइएको बताइएको छ ।















