गृह मन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

Thankot Times

थानकोट ।

सरकारले गृह मन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले गृह मन्त्री अर्याललाई राष्ट्रपतिबाट मनोनीत गर्ने एक सदस्यमा मनोनयनका लागि सिफारिस गरेको हो।

राष्ट्रिय सभामा रिक्त भएका १९ मध्ये १८ सिटमा निर्वाचन भएको थियो। जसमा नेपाली कांग्रेसका ९ जना, एमालेबाट ८ जना र जनता समाजवादी पार्टीबाट एक जना निर्वाचित भएका थिए।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने एक जना सदस्य भने रिक्त थियो। त्यस्तै बैठकले प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *