नागढुङ्गाबाट समातिए आयुश
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ६ सय ५० मिलिग्रामसहित एक जना युवा पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रामेछाप घर भएका २२ वर्षीय आयुश भट्टराईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ००१-००६ ख ९९२५ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पक्राउ परेका आयुशमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।















