चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीले दियो रास्वपालाई बधाई

Thankot Times

थानकोट ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई सन्देश दिएको छ ।

उक्त पार्टीको अन्तर्राष्ट्रिय विभागले एक औपचारिक पत्र पठाउँदै बधाई तथा आत्मीय शुभकामना व्यक्त गरेको हो ।

उक्त सन्देशमार्फत चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास दिलाएको छ ।

प्राप्त पत्रमा चीन र नेपालबीचको राजनीतिक आपसी विश्वासलाई थप गहिरो बनाउँदै दुवै देश र जनताको हितका लागि ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने संकल्प दोहोर्‍याइएको छ ।

साथै, सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै दुवै नेताको नेतृत्वमा रास्वपाले नेपाल-चीन परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिने विश्वाससमेत व्यक्त गरिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ र द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सँगै काम गर्ने तत्परतासमेत देखाएको छ ।

यसअघि भारत, अमेरिकालगायत देशहरूले रास्वपाले हालै सम्पन्न प्रतिनिधिसभाको चुनावमा दुईतिहाइनजिकको मत प्राप्त गरी पहिलो पार्टी बनेकोमा उक्त पार्टीलाई बधाई सन्देश पठाइसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *