नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

Thankot Times

थानकोट ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

बैठकमा पार्टी सभापति गगन थापाको राजीनामा, आगामी नियमित महाधिवेशन, चुनावको समीक्षा र भावी रणनीति/कार्ययोजना साथसाथै समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा काँग्रेसले कमजोर नतिजा ल्याएपछि सभापति थापाले राजीनामा दिएका हुन् ।

उनको राजीनामा स्वीकृत गर्ने या नगर्ने भन्नेमा पार्टीमा दुई मत देखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ