सभापति गगन थापाको राजीनामा नेपाली कांग्रेस केन्द्रीय समितिबाट अस्वीकृत
थानकोट ।
चुनावमा पार्टीको पराजयपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट दिएको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले अस्वीकार भएको छ ।
शुक्रबार (चैत ६) गते बसेको केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनामा अस्वीकार गरेको हो ।
सहमहामन्त्री बहादुर सिंह लामाले सभापति थापाको राजीनामा अस्वीकृत भएको पत्रकारहरुलाई जानकारी दिएका छन् ।
उपसभापति विश्वप्रकाश शर्माले कार्यसमिति बैठकमा सभापति थापाको राजीनामा अस्वीकृत गर्ने बिषयमा सात बुँदे प्रस्ताव प्रश्तुत गरेका थिए ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा आफूसँगै पार्टीले पराजय व्यहोरेपछि थापाले नैतिकताको आधारमा सभापति पदबाट राजीनामा दिएका थिए । बैठकबाट राजिनामा अस्वीकार भएपछि थापा यथावत सभापति पदमा फर्किएका छन् ।















