नेपाली कांग्रेसको कार्यसमिति बैठक बस्दै, सभापति गगन थापाको राजीनामाबारे औपचारिक निर्णय हुने

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ८:३० देखि सुरु हुनेछ ।

शुक्रबारको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा बैठकमा प्रस्तुत गरेका थिए ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, ६ चैतमा २५ केन्द्रीय सदस्यले धारणा राखेपछि बैठक स्थगित भएको थियो ।

गत शुक्रबारको बैठकमा धारणा राख्ने सबैले पार्टी सभापति थापाको नैतिकताका आधारमा आएको राजीनामा अस्वीकार गर्ने धारणा राखेका छन् ।

आइतबारको बैठकले सभापति थापाको राजीनामाबारे औपचारिक निर्णय लिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *