सिंहदरबारमा ६ दलका लागि संसदीय कार्यालय तयार

Thankot Times

थानकोट ।

सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् ।

दलहरूको सांसद सङ्ख्या र पदाधिकारीको आवश्यकताअनुसार कक्षहरू छुट्याइएको छ ।

यसपटक बहुमतसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा ठूलो कक्ष पाउने छ ।

सचिवालय भवन नम्बर २ मा व्यवस्थित गरेको रास्वपाको संसदीय दलको कक्षमा १ सय ८० कुर्सीसहितको बैठक हल राखिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका कक्षहरू त्यही भवनमा तयार गरिएको छ ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई भने साबिककै संसदीय दलका कार्यालयमा निरन्तरता दिइएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पर्सि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनुहुने छ ।

सांसद केसीले सभामुख निर्वाचित नभएसम्म ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिधिसभा सञ्चालन गर्नुहुनेछ ।

नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित ७८ वर्षीय केसीले यही चैत १२ गते संघीय संसद् भवनमा प्रतिनिधि सभाका अन्य २ सय ७४ सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनुहुने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *