हामी सरकारमा जादैनौँ : हर्क साम्पाङ
थानकोट ।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्।
मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जनताले आफूहरूलाई सरकारमा जाने म्यान्डेट नदिएको बताएका हुन्। उनका अनुसार मतदाताले प्रतिपक्षमा बसेर सरकारलाई प्रश्न गर्ने जिम्मेवारी दिएको भन्दै सोही अनुसार अघि बढ्ने बताएका छन्।
उनले भने, “जनताले हामीलाई सरकारमा जाने म्यान्डेट दिएका छैनन्। प्रतिपक्षमा बसेर प्रश्न गर्ने म्यान्डेट दिएका छन्। हामी सोही म्यान्डेट अनुसार काम गर्छौँ।”
साम्पाङले राम्रो काम गर्ने पक्षलाई आफ्नो पार्टीको सधैँ समर्थन रहने उल्लेख गर्दै गलत कार्यको भने सशक्त विरोध गर्ने धारणा राखे।
उनले थपे, “हामी राम्रो कामलाई साथ दिन्छौँ, नराम्रो कामको सधैँ विरोध गर्छौँ।”















