नेपाली बजारमा सुनको मूल्यमा उछाल, एकैदिन तोलामा १४ हजार ६ सयले बढ्यो भाउ
थानकोट ।
केही दिनयता लगातार घट्दै आइरहेको सुनको भाउ बुधबार (चैत ११) ह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा १४ हजार ६ सय रुपैयाँले बढेको हो ।
उपभोक्ताले एक तोला सुन खरिद गर्न दुई लाख ८८ हजार ५ सय रुपैयाँ तिर्नुपर्नेछ ।
हिजो प्रतितोला दुई लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने तोलामा ४ सय १५ रुपैयाँले बढेर चार हजार ९ सय २० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन चार हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।















