नवनिर्वाचित सांसदहरूले लिए शपथ
थानकोट ।
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।
सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा बिहीबार दिउँसो आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् ।
सांसदहरू आ-आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका थिए ।















