नवनियुक्त प्रधानमन्त्री शाहले गरे पदभार ग्रहण
थानकोट ,
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार दिउँसो पदभार ग्रहण गरेका छन् ।
पदबहालीसँगै उनले नवनियुक्त मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएर दिउँसो २ः१५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवेश गरेका प्रधानमन्त्री शाहले ब्रिफिङ लिएका थिए ।
प्रधानमन्त्री शाहलाई मुख्यसचिव सुमनराज अर्याललगायत सचिवहरूले स्वागतसहित ब्रिफिङ गरेका थिए ।















