प्रधानमन्त्री शाहलाई एमाले अध्यक्ष ओलीको बधाई, सफल कार्यकालको शुभकामना

Thankot Times

थानकोट ।

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)लाई बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाह प्रधानमन्त्रीमा नियुक्त भएकोमा हार्दिक बधाई व्यक्त गरेका हुन् ।

उनले मन्त्रिपरिषद्का सदस्यहरूलाई समेत सफल कार्यकालको शुभकामना दिएका छन् ।

ओलीले भनेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई ।

नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *