१५ सदस्यीय वर्तमान मन्त्रिपरिषद्मा युवाको वर्चश्व, १० जना ४० वर्षमुनिका
थानकोट ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको क्याबिनेटमा युवाहरूको वर्चश्व भएको छ ।
शुक्रबार गठन भएको १५ सदस्यीय मन्त्रिपरिषद्मा १० जना ४० मुनिका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह भने ३६ वर्षका हुन् ।
त्यस्तै, कानुनमन्त्री सोबिता गौतम ३० वर्ष, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल ३५ वर्ष, शिक्षा मन्त्री सम्मित पोखरेल २९ वर्ष, गृहमन्त्री सुधन गुरुङ ३८ वर्ष, स्वास्थ्य मन्त्री निशा मेहता ३८ वर्ष, श्रम मन्त्री दीपक शाह ३४ वर्षका छन् ।
त्यस्तै, समान्य प्रशासन मन्त्री प्रतिभा रावल ३२ वर्ष, महिला मन्त्री सीता बादी ३० वर्ष, कृषि मन्त्री गीता चौधरी ३२ वर्षकी छन् ।
अर्थ मन्त्री स्वर्णिम वाग्ले ५१ वर्ष, परराष्ट्र मन्त्री शिशिर खनाल ४७ वर्ष, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ ४४ वर्ष, सञ्चारम न्त्री विक्रम तिमिल्सिना ४३ वर्ष र पर्यटन मन्त्री खड्कराज पौडेल ४३ वर्षका छन् ।















