प्रधानमन्त्री बालेनको सचिवालय तयार
थानकोट ।
प्रधानमन्त्री बालेन्द्र शाहले सचिवालय तयार पारेका छन् ।
उनले आफ्नो प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त गरेका छन् भने राजनीतिक सल्लाहकारको जिम्मेवारी असिम शाहलाई दिएका छन् ।
प्रधानमन्त्री बालेनको मुख्य स्वकीय सचिवमा सुवास शर्मा नियुक्त भएका छन् ।
त्यस्तै, प्रशासन प्रमुखमा सुदिप ढकाल, सूचना तथा प्रविधि संयोजकमा विवेक मिश्र छन् ।
प्रधानमन्त्री बालेनले सहसचिव प्रदीप परियारलाई निजी सचिवालयको जिम्मेवारी दिएका छन् ।
सचिवालयका अन्य सदस्यहरूको नियुक्ती यथासक्य हुने स्रोतले जानकारी दियो ।
तस्बिरः विनय शाक्य















