ओली र लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिने, भोलि अदालत लगिने

Thankot Times

थानकोट ।

शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिने भएको छ ।

बालेन शाह नेतृत्वको सरकारले ओली र लेखकलाई आज बिहान उनीहरूको निवासबाटै पक्राउ गरेको छ ।

ओली नेतृत्वमा सरकार रहेका बेला भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । ७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको मुख्य दोषी ओली र लेखकलाई ठहर गरेको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेलगत्तै दोषी ठहर गरेलगत्तै ओली र लेखकलाई पक्राउ गर्न प्रहरी निवासमै पुगेको थियो ।

आज (शनिबार) अदालत बिदा हुने भएकाले उनीहरूलाई आइतबार प्रहरीले थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै अदालतमा पेश गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ