ढुङ्गाअड्डामा भएको दुर्घटनामा परि मृत्यु हुनेको पहिचान खुल्यो ? यस्तो छ प्रहरीको भनाइ
थानकोट ।
शुक्रबार साँझ ढुङ्गाअड्डामा भएको दुर्घटनामा परि मृत्यु हुनेको पहिचान सार्वजनिक भइसकेको छैन् ।
प्रहरी वृत्त थानकोटका अनुसार उक्त दुर्घटनाका बारेमा अहिले अनुसन्धान भइरहेको छ ।
ढुङ्गाअड्डास्थित उकालो नजिकै बसले मोटरसाइकललाई ठक्कर दिएपछि गम्भीर घाइते अवस्थामा मोटरसाइकल चालकलाई उपचारका लागि महांकालस्थानस्थित ट्रमा सेन्टर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरी वृत्त थानकोटको टोली अहिले मृतकको विवरण संकलन तथा घटनाको अनुसन्धानका लागि ट्रमा सेन्टर पुगेको छ ।















