अध्यक्ष ओली पक्राउपछि बसेको एमाले सचिवालयका ४ निर्णय

Thankot Times

थानकोट ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउपछि बसेको सचिवालय बैठकले चार निर्णय गरेको छ।

शनिबार च्यासलमा बसेको बैठकले गरेका निर्णय सचिव महेश बस्नेतले जानकारी दिए।

उनका अनुसार आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने निर्णय भएको छ।

यस्तै, प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने निर्णय भएको छ।

यसैगरी, बैठकले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने, नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने पनि निर्णय गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ