नेपाली बजारमा सुनको भाउ बढ्यो

Thankot Times

थानकोट ।

स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको छ ।

अघिल्लो शुक्रबार प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएकोमा आज बढेर २ लाख ८६ हजार रुपैयाँमा उक्लिएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढ्दै ४ हजार ७२० रुपैयाँमा उक्लिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो शुक्रबार चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ