ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति

Thankot Times

थानकोट ।

काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

न्यायाधीश आनन्द श्रेष्ठको इजलासले नेताद्वयलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हाे ।

सरकारी वकिलले उनीहरूलाई १० दिन थुनामा राख्न माग गरेका थिए ।

म्याद थपका लागि प्रहरीले पूर्वमन्त्री लेखकलाई अदालतमा उपस्थित गराएको थियो भने अस्पतालमा रहेका पूर्वप्रधानमन्त्री ओली भिडियो कन्फरेन्समार्फत बहसमा जोडिएका थिए ।

उनी त्रिवि शिक्षण अस्पतालमा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ