यात्रुलाई अभद्र व्यवहार गर्ने २४ जना कलंकी क्षेत्रबाट पक्राउ

Thankot Times

थानकोट ।

काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नयाँ बसपार्क, कलंकी र बल्खुबाट उनीहरूलाई पक्राउ गरेको हो ।

ती स्थानमा सञ्चालित टिकट काउन्टरमा आफूहरूले भनेको सवारीसाधनमा यात्रा गर्नुपर्छ भनी सर्वसाधारणलाई जबर्जस्ती तान्ने, दुःख हैरानी दिई अभद्र व्यवहार गर्ने बिचाैलियालाई पक्राउ गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

प्रहरीले गोंगबुस्थित नयाँ बसपार्कबाट पाँच, कलंकीबाट २४ र बल्खुबाट १९ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *