पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गरिने
थानकोट ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई हिरासतमा राख्न दुई दिन म्याद थप भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले ओलीमाथि अनुसन्धान गर्न थप दुई दिनको समय थप गरिदिएको हो ।
ओलीलाई अदालतले भर्चुअल माध्यमबाट सुनुवाइमा सहभागी गराएको थियो ।
बयानका क्रममा ओलीले आफ्नो स्वास्थ्यमा समस्या रहेको जानकारी गराएको अदालतको आदेशमा उल्लेख छ ।
अदालतले आदेशमा बयान सकिएपछि ओलीको उपचारमा असर नपर्ने गरी अनुसन्धान गर्न पनि आदेश गरेको छ ।















