दिल्लीमा उपचाररत सांसद् रमा आलेमगरको स्वास्थ्य सुधारोन्मुख, घर कहिले फर्कने टुंगो छैन

Thankot Times

थानकोट ।

कलेजोसँग सम्बन्धित रोगबाट ग्रसित पूर्वमन्त्री तथा बागमती प्रदेश सभा सदस्य रमा आलेमगरको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ ।

चिकित्सकको सुझाव अनुसार उनलाई गत मंसिर १२ गते भारतको दिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो ।

उनमा माघ ८ मा गरिएको कलेजो प्रत्यारोपण सफल भएको छ ।

शुक्रबार थानकोट टाईम्ससँग कुरा गर्दै उनले स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताइन् ।

उनले भनिन, पित्त थैलीसँग सम्बन्धित समस्याको अहिले उपचार भइरहेको छ, सो पनि सुधार भइरहेको छ । घर कहिले फर्किन्छु अहिले नै निश्चित भइसकेको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *